काठमाडौ, भारतको जम्मु कश्मिरमा बिहीबार भएको आतंकवादी हमलाको नेपाल सरकारले कडा निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनबाट सम्पर्क गरी आतंकवादी हमलाको निन्दा गरेका थिए ।
उनले घटनामा ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । परराष्ट्र मन्त्रालयले पनि बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेको छ ।
















