आफुलाई जिम्मेवारी दिए नेविसंघलाई बलियो बनाएर हाक्न सक्ने पुर्व उपाध्यक्ष शाहको कडा अभिव्यक्ति

215

काठमाडौं / नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्वमा नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघलाई एकतावद्द बनाएर हाक्न आफू तयार भएको जनाएकाा छन् ।

नेपाल विद्यार्थी संघको केन्द्रिय समिति खारेज भएपछि नेतृत्व आफ्नो पोल्टामा पार्न होड भाजी चलेको छ। यसै होडबाजिकै क्रममा आज राजधानीमा एकताबद्द नेविसंघका लागी साझा अभियान कार्यक्रमको शुभारम्म गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले आफुले नेपाल विद्यार्थी संघलाई शैक्षिक, राजनीति र समाजिक एजेन्डामा महत्त्वपुर्न योगदान दिएको भन्दै शाहले पार्टीले अब नेपाल विद्यार्थी संघको नेतृत्व आफुलाई दिनु पर्ने पनि जिकिर गरे।

कार्यक्रमको संंयोजकता ल क्याम्पसका नेपाल विद्यार्थी संघका नेता सुरज सेजुवालले गरेका थिए। कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुस्प कुमार शाही, निवर्तमान सह महामन्त्री बद्री मुडभरी,महेश्वरी कुँवर, प्रेम राज जोशी, निवर्तमान केन्द्रिय सदस्यहरु प्रेम शाही, पदम भट्टराई, चन्द्र बिक, सिर्जना भट्ट, मदन भन्डारी, नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य लिला बल्भ दहाल,भरत भट्ट, गोकर्ण चन्द, लोकेन्द्र रोकाय नेपाल विद्यार्थी संघका विभिन्न जिल्ला सभापति, स्ववियु सभापति,विभिन्न क्याम्पसका इकाई सभापति सहित नेपाल विद्यार्थी संघका तीन सय नेताहरू सहभागीता रहेको थियो।

कार्यक्रममा आफ्ना धारणा राख्ने नेताहरूले अबको नेपाल विद्यार्थी संघको नेतृत्वमा ऋषिकेश जंग शाहको विकल्प नरहेको जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here