‘लुट्न सके लुट’ गीत यूट्यूबमा राख्ने निर्णय

242

काठमाडौँ/राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले  विवादित बनिरहेको गीत ‘लुट्न सके लुट’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । आज बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुनस्स्मरण गराएको छ । बैठकमा उपस्थित गायक पशुपति शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । उनका भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइन । विवाद आउला भन्ने अनुमान पनि भएन ।’ उनले गीतका केही शब्दहरु अनुपयुक्त भएको आफूले पनि महसुस गरेको पनि बताएका छन् ।

अध्यक्ष पंगेनीले पशुपतिको गीत फेरि यूट्यूबमा जस्ताको तस्तै अपलोड गर्ने निर्णय गरिएको जानकारी दिए । ‘आधिकारिक रुपमा यो गीत हटाउन कसैले भनेको छैन । त्यसैले हटाउनु आवश्यक देखिएन,’ पंगेनीले भने, त्यसैले वैठकबाट उहाँलाई गीत फेरि राख्न आग्रह भएको छ । सम्भवतः राख्नुहुन्छ होला ।’

शर्माले गीत फेरि राख्ने विषयमा सोचेर निर्णय लिने बताएका छन् । पंगेनीले जनमानसमा चलिरहने कुराहरुलाई लिएर पशुपतिले गीत बनाएको भन्दै यसमा आपत्ति जनाउने विषय नभएको बताएका छन् ।

हेर्नुहोस् लोक दोहोरी प्रतिष्ठानको निर्णय र भिडियो http://swaviman.com/wp-content/uploads/2019/02/sssssfdasfasf.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here