जापानमा भयानक आँधी (टाइफुन फक्साइ) ! प्रतिघण्टा ११६ किमीको गति

112

टोकियो / जापानको राजधानी टोकियोमा टाइफुन फक्साइका कारण जनजीवन प्रभावित भएको छ । ११६ किमी प्रतिघण्टाको गतिमा आएको आँधीका कारण टोकियो र त्यस आसपासको जनजीवन प्रभावित भएको हो ।

आँधीका कारण टोकियो नजिकै ल्याण्डफल भएको छ भने यातायातमा अवरोध गर्नुका साथै १०० वटा बुलेट रेल र १०० हवाई उडान रद्ध गरिएका थिए। उत्तर कोरियामा आइतबार छुट्टै आँधी आएकोमा त्यसलगत्तै जापानमा पनि आँधी आएको हो । उत्तर कोरियामा आइतबार आएको आँधीले ५ जनाको मृत्यु भएको थियो ।

टोकियो विद्युत उर्जा कम्पनीले जनाएअनुसार ९ लाख १० हजार घरमा विद्युत अवरोध उत्पन्न भएको छ । अधिकारीहरुले कनागवा, शिजुओका र टोकियो क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।

फक्साईले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने ठानिएको छ । अधिकारीहरुले पहिरो र नदीहरुमा पानीको सतह बढ्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here