तीन दिन निःशुल्क यात्रा ! सुरु भयो सुन्दर बिजुली बस चक्रपथ परिक्रमा गर्दा ३० रुपैयाँ

345

 काठमाडौं / सुन्दर यातायात प्रालिले काठमाडौं ल्याएका  विद्युतीय बस आज सोमबारदेखि संचालनमा ल्याएको छ ।

सातवटा बसमध्ये चारवटा चारवटा बस संचालनमा ल्याएको  हो । बस चक्रपथ परिक्रमा गर्नेछ । चक्रपथ परिक्रमा गर्दा २४ रुपैयाँ भाडा सामान्य तय डिजेलको गाडीमा चक्रपथ परिक्रमा गर्दा ३० रुपैयाँ भाडा निर्धाण गरेको ३० रुपैयाँलाई भाडा आधार मानेर २० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन्। कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ। यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरू हुनेछन्।

क्युआर कोड र एटिएमबाट भुक्तानी यदि तपाईंले बिजुली बसमा यात्रा गर्नु भयो भने व्यालेन्स भएको तपाईंको एटिएमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। गाडी भित्रैका मेशिनको सहयतामा एटिएम कार्ड र क्युआर कोडबाट भुक्तानी गर्न सकिने सुन्दर यातायातले जनाएको छ।

क्युआर कोडमा अहिले आइएमई पे र प्रभु पेका ग्रहकले भुक्तानी गर्न पाउने व्यवस्था छन्। एटिएम वा क्युआर कोड प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको सुन्दर यातायातले जनाएको छ। यो व्यवस्थाले यात्रुले गोजीमा नगद बोकी रहनुपर्ने झन्झट हुने छैन। तथापि तपाईंसँग एटिम छैन र वालेट पे पनि चालउनु हुँदैन भने नगद भुक्तानी गर्न सकिने व्यवस्था छ। यसका लागि तपाईंले तोकिएको भाडा दिएपछि सहचालकले सिक्का उपलब्ध गराउनेछन्। सिक्का मेसिनमा छिराएपछि तपाईंलाई रसिद प्राप्त हुने छ।

तीन दिन निःशुल्क यात्रा यात्रुलाई कार्ड प्रयोग लगायतका विधि सिकाउन सुन्दर यातायातले आगामी साताको सोमबार मंगलबार र बुधबार तीन दिन निःशुल्क यात्रा गर्न दिने जनाएको छ। तीन दिन यात्रा गर्ने क्रममा यात्रुहरूलाई क्युआर कोड प्रयोग, एटिएम प्रयोग र सिक्का छिराएर भुक्तानी गर्ने विधिबारे जनाकारी गराइने यातायातले जनाएको छ।

यात्रु कहाँबाट चढेकोरु कहाँ झरे ? यात्राका क्रममा कति समय लाग्यो भन्ने जानकारी गराउन लोकेशन म्याप जडान गरिएको छ। त्यस्तै अडियोबाट पनि कहाँ पुगियो, अब यात्रा कति छ भन्‍ने जनाकारी गराउने जनाइएको छ। एटिएमबाट भुक्तानी क्युआर कोड लगायथतका प्रविधि पनि सार्वजनिक यातायातमा पहिलो प्रयोग भएको सुन्दर यातायातले जनाएको छ।

एक गाडीमा सात सिसी क्यामेरा र तीनवटा एसी जडान गरिएको जनाइएको छ। त्यस्तै सुन्दर यातायातले आफ्नै तीनवटा कार्ड पनि संचालनमा ल्याएको छ। जसको प्रयोगको लागि छुट्टा छुटै मेसिन जडान गरिएको जनाएको छ।पाँच किशिमका कार्ड प्रयोगमा ल्याउने जनाएको सुन्दरले ततकालको लागि सामान्य, विद्यार्थी र जेष्ठ नागरिक कार्ड प्रयोगमा ल्याउने जनाएको छ। कार्डको आधारमा सरकारले दिएको छुट सुविधा दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here