तीन अङ्कले घट्यो धितोपत्र बजार

90

काठमाडौँ/धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भएको
छ ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ । होटल ५.५, विकास बैंक ३.६८ र उत्पादन ६.२५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.९२, व्यापार ४.१४, जलविद्युत् ८.३४, वित्त १.३६, निर्जीवन बीमा ९.०५, अन्य ७.७८, लघुवित्त १.६६ र जीवन बीमा ५३.७५ विन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज ९.८७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै उक्सेल डेभलपमेन्ट बैंक ५.३६, पञ्चकन्या माई हाइड्रो पावर ३.८१, मिर्मिरे लघुवित्त वित्तीय संस्था २.९३ र नबिल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।यस्तै कञ्चन डेपलभमेन्ट बैंक ६.८३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ५.२६, अरुण काबेली पावर ४.९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.५५, ङादी समूह ४.१६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.१६ गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here