नेपाल आएका भारतीय गायक सोनु निगम अचानक बिरामी, नर्भिकमा उपचार हुँदै

109

नेपाल आएका भारतीय गायक सोनु निगम बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको छ। म्युजिक भिडियोको सुटिङका लागि आइतबार नेपाल आएका उनी श्रीमती र छोरा सहित पोखरा पुगेका थिए।

ढाडको मांशपेसीमा समस्या देखिएपछि उनलाई पोखराबाट काठमाडौँ ल्याइएका उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनको डा. प्रवीण नेपाल र डा पंकज जलानको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे केही बेरमा मात्र जानकारी दिने अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here