काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले लोकतन्त्र माथी दिन प्रतिदिन प्रहार गर्दै गएको जनाएका छन् ।
जन प्रशासन क्याम्पसको स्वतन्त्रत विद्यार्थी युनियनले प्रजातन्त्र दिवसको अवसरमा गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेता शाहले कांग्रेस वाक स्वतन्त्रताका लागि २००७ सालमा लडेको भन्दै अब पनि फेरि अन्तिम पटक कम्युनिस्ट शक्तिहरू सँग वाक स्वतन्त्रताको लागि लड्नुपर्ने जनाएका छन् ।
सामाजिक संजालमा निगरानी राख्ने, पत्रकारलाई धम्क्याउने र भ्रष्टाचारीहरुलाई संरक्षण यो सरकारको अहिलेको मुख्य उपलब्धि भएको पनि जिकिर गरे। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारको चर्को आलोचना गरे पनि नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।


















