तनहुँ – रिसिङ गाउँपालिका-८ पल्ट्याङ बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय हिलराज बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रिसिङ रानीपोखरीबाट खटिएको प्रहरीले हिलराजलाई पक्राउ गरेको हो ।
सिराहा- धनगढीमाई नगरपालिका-१३ स्थित भोर्लेनी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ खजनपुर बस्ने २४ वर्षीय श्रीराम यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । चण्डेरा जङ्गलमा दाउरा लिन गएको अवस्थामा यादवले बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी सिराहा, गोलबजार नगरपालिका-१० घुर्मिघाट बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिपक राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















