नेपाल मेडीसिटीको बाल स्वास्थ्य तथा पोषण विषयक अन्तक्रियात्मक कार्यक्रम

317

अन्तराष्ट्रिय संस्था इसीमोडको ललितपुर स्थित कार्यालयमा बुधबार बाल स्वास्थ्य तथा पोषण विषयक अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल मेडीसिटी अस्पतालकी बालरोग विभाग प्रमुख डा. आना शर्माको उपस्थितीमा नेपाल मेडीसिटीले इसीमोडमा सो कार्यक्रम सञ्चालन गरेको हो ।
इसीमोडमा कार्यरत कर्मचारीका बालबालिकाहरुको स्वास्थ्य र शारिरीक विकास क्रमलाई ध्यानमा राख्दै डा. शर्माले जनचेतना मुलक अन्तक्रिया गर्नु भएको हो । अधिकांश अभिभावकहरुलाई व्यस्त जीवनशैली अपनाउनुपर्ने र पारिवारिक जिम्मेवारी पनि संगसंगै अघि बढाउनुपर्ने चुनौती रहेकाले पछिल्लो समय बाल विकासमा ध्यान दिनुपर्ने कुराहरु धेरै रहेको उहाँले जनाउनु भयो ।
बाल विकासका लागी अभिभावकको भूमिका महत्वपूर्ण रहेकाले यस किसिमको चेतनामूलक कार्यक्रमको आयोजना गरिएको र निरन्तरता समेत आवश्यक रहेकोमा डा. शर्माले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here