काठमाडौं / महानगरीय प्रहरी प्रभाग नागढुङगाले विभिन्न सवारी साधनबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नागढुङगा चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाण्डौ आउँदै गरेको लु। २ ख। ८६४० नम्बरको यात्रुवाहक सवारी साधनलाई चेकजाँच गर्दा कपिलवस्तुका मनोज बराइलीको साथबाट नाईट्राभेट २७ ट्याबलेट बरामद गरेको छ ।
यसै गरी धरानबाट काठमाण्डौ आउँदै गरेको ना५ख ४६८९ नम्बरको यात्रुबाहक सवारी साधनबाट सिराहाका प्रदिप कुमार चौधरी र सुनसरी ईनरूवाका विकास चौधरीका साथबाट नाईट्राभेट १ सय ८० ट्याबलेट बरामद गरेको छ ।
सोही समयमा धादिङबाट काठमाडौं आउदै गरेको बा२ख २९४७ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा मकवानपुर थाहा नगरपालिकाका राजन तामाङको साथबाट अबैध लागुऔषध चरेश ३ केजी बरामद गरेको छ । लागुऔषध सहित निजहरू सबै जनालाई प्रहरीले नियन्त्रणमा लाई थप अनुसन्धान गरिरहेको छ ।


















