तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल खेलमा काठमाडौँ गोल्डेन्सले खेल बहिस्कार गरेकोले महेन्द्रनगर युनाईटेड फाइनलमा पुगेको छ । आज शुक्रबार तय भएको दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनलमा स्थान बनाएको हो । काठमाडौँले आफ्ना भारतीय खेलाडी अंकित दबासमाथि बलिङमा प्रतिबन्ध लगाएको कारण देखाउँदै खेल बहिस्कार गर्नु परेको जनाएको छ । यसअघिका दुई खेलमा अनाधिकृत एक्सनमा बलिङ गरेको भन्दै काठमाडौंका दबासलाई लिग प्राविधिक समितिले बलिङ गर्नबाट रोक लगाएको थियो । फाइनलमा शनिबार महेन्द्रनगरले सिवाइसी अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ ।


















