नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

109

काठमाडौ‌ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

 पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न  सो सचिवालय बैठक बसेको हो । कार्यदलको पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै नेतृत्व असन्तुष्ट छ।

कार्यदलका संयोजक रामबहादुर थापा र अर्का सदस्य एवं पार्टीका महासचिव विष्णु पौडेल कार्यदलमा सहमतिका आधारमा नभई आफू अनुकूल प्रतिवेदन बनाउन उद्धत रहेको कार्यदलकै सदस्यहरुको गुनासो छ।  कार्यदलले एक साताको समय मागेको छ।

बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।

अध्यक्ष ओली कार्यदललाई विघटन गरेर सचिवालयले पार्टी एकताका बाँकी काम टुंग्याउने पक्षमा छन् तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कार्यदलको सल्लाह सुझाव र प्रतिवेदन अनुसार अगाडि बढ्नुपर्छ भन्ने पक्षमा देखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here