एयरहोस्टेजलाई पोर्न फिल्मको लत

184

बेलायतकी २७ वर्षीया एयरहोस्टेजलाई पोर्न फिल्मको नशाले गर्दा आफूले गरिरहेको जागिर नै छाडेकी छन् । उनले पोर्न अभिनेत्री बन्नका लागि एयरहोस्टेजको जागिर छाडिदिएकी हुन् ।

आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क लागेकाले पोर्न उद्योगमा प्रवेश गरेको उनको भनाइ छ ।

एयरहोस्टेजको काम गर्दा उनलाई पटक्कै रमाइलो लागेको थिएन । बरु उनको एउटा मात्र चाहना पोर्न फिल्ममा काम गर्ने रहेको थियो । यी महिलाको नाम लारा बर्बेक हो । उनलाई पोर्न फिल्म हेर्ने लत बसेको थियो र उनी चर्चित पोर्नस्टार बन्न चाहन्थिन् ।

ब्रिटिस एयरवेजकी ती एयरहोस्टेजले लामा तथा छोटो दूरीका उडानहरूमा काम गरिरहेकी थिइन् । तर यो वर्ष उनले जागिर छाडिन् र फेब्रअरी महिनामा स्टुडियो ६६ टिभी नामको एक च्यानलसँग जोडिन पुगिन् । जहाँ उनले लारा लेनको नामबाट निर्वस्त्र भएर प्रस्तुति अर्थात् स्ट्रिप शो दिन थालेकी छिन् । उनी उक्त स्टुडियोका अलावा अन्य विभिन्न वेबसाइटहरूमा पनि स्ट्रिप शो गर्छिन् । निर्वस्त्र शो गर्ने वेबक्याम मोडल बनेपछि आफू तनावमुक्त भएको र आवश्यकता पूर्ति गर्नसक्ने गरी पैसा पनि कमाएको उनले जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here