नेविसंघका विद्यार्थीबीच झडप

113

काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको हो । झडपमा दर्जन बढी विद्यार्थी नेता घाइते भएका छन्।

संस्थापन पक्षका विद्यार्थीहरुले पार्टी कार्यालयको पछाडिपट्टि अर्थात् खोला किनारतिर प्रदर्शन गर्ने र सिटौला समूह अर्थात् संस्थापनइतर समूहले कार्यालयको मूल गेटमा प्रदर्शन गर्ने तय भएको नेविसंघका एक नेताले नागरिकन्युजलाई जानकारी दिए। भिन्दाभिन्दै स्थानबाट गरिएको प्रदर्शन पछि एकै ठाउँमा आउँदा दुई समूहबीच झडप भएको थियो।

उक्त झडपमा परी सिटौला समूहका नेता दीपेन्द्र क्षत्री, माधव भण्डारी, अनरत खड्का, सुबोध ओली, प्रदीपजंग शाह, रत्नहरि ढुंगेललगायत नेता घाइते भएका विद्यार्थी नेता सुशील भट्टले जनाए ।

नेविसंघ तदर्थ समिति तथा त्यसमा ३२ वर्षे उमेर हद राख्ने या नराख्ने विषयलाई लिएर केही समयदेखि संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किएको थियो। आज बिहान संस्थापनइतर समूहले पार्टी कार्यालयको मूल गेटमा सिटौलालाई कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा झडपको सुरु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here