साफ महिला च्याम्पियनसिपमा पाकिस्तान नखेल्ने

223

काठमाडौं/विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले नखेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले पाकिस्तानले यही मार्चमा हुने साफ महिला च्याम्पियनसिपबाट नाम फिर्ता लिनु भएको छ । उनले भने, ‘पाकिस्तानले आफ्नै कारण देखाउँदै नाम फिर्ता लिएको छ । अब दुई वटा समूहमा तीन–तीन टिम भएका छन् ।’

पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि खेल तालिका परिवर्तन गरिएको छ । यसअघि भएको ड्र (खेल तालिका) अनुसार समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान रहेका थिए । तर अब यो समूहमा नेपाल, बंगलादेश र भुटान रहेका छन् । त्यस्तै, समूह बी मा भने भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालले पहिलो खेल विराटनगरको शहीद रंगशालामा मार्च १२ गते भुटानसँग खेल्नेछ भने १६ तारेखमा बंगलादेशसँग खेल्ने भएको छ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल मार्च २० र फाइनल मार्च २२ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here