काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने जनाउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित एटिएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा जनाउनुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन, नवनिर्मित एटिएमको उदघाटन गर्नुभयो । साथै उहाँले नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यास तथा पूजाअर्चना समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नयाँ प्रशासनिक भवन अगाडि नवनिर्मित बगैँचामा वृक्षारोपण गर्नुका साथै नवनिर्मित प्रशासनिक भवनको निरीक्षण समेत गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्तका साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवन�



