दोस्रो विश्वयुद्धपछि खराब राष्ट्रपति बाराक ओबामा 

318

एजेन्सी/एक नयाँ सर्वेक्षणका आधारमा धेरै अमेरिकीहरुले बाराक ओबामालाई दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब राष्ट्रपति मानेका छन् । बुधबार क्वीन्नीपियाक पोलले सार्वजनिक गरेको सर्वेक्षणमा ३३५ अमेरिकीहरुले ओवामालाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खराब राष्ट्रपतिको रुपमा हेरे। जम्मा ८५ ले उनलाई सबैभन्दा उत्कृष्ट ठानेको छ ।

अर्को २८५ ले पूर्व राष्ट्रपति जर्ज डब्लू बुसलाई सबैभन्दा खराब भने । विवादका कारण इतिहासमा राजिनामा दिने एक मात्र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई १३५ ले सबैभन्दा खराबको रुपमा छाने । ४५५ अमेरिकीले सन् २०१२ मा ओवामाको साटो मिट रोम्नी विजयी भएको भए राम्रो हुन्थ्यो भने । तर ३८५ ले भने रोम्नी सबैभन्दा खराब राष्ट्रपति हुन्थे भन्ने मत व्यक्त गरेको छ ।

युद्धपछिको उत्कृष्ट राष्ट्रपतिको रुपमा सबैभन्दा धेरै मत भने रोनाल्ड रेगनले पाए । अघिल्लो वर्ष जुन महिना २४ देखि ३० बीच भएको मतसर्वेक्षणमा १४४६ मतदाता दर्ता भएका थिए । यस मत–सर्वेक्षणको नतिजाको ‘इरर मार्जिन’ (त्रुटी अन्तर) २.६५ प्योइन्ट तल माथिमा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here