काठमाडौं / राष्ट्रिय समाजवादी पार्टीका संस्थापक अध्यक्ष रुद्र जङ पुलामीले हेलिकप्टर दुर्घटना परी ज्यान गुमाएकाप्रति प्रेस विज्ञप्ती जारी गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उक्त विज्ञप्तीमा ताप्लेजुङको फुलिङ नगरपालिका-१० स्थित दारेढुङ्गा जङ्गलमा आज हेलिकप्टर दुर्घटनामा परी नेपाल सरकारको नागरिक तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको दुखःद निधन भएको खबरले हामीलाई स्तब्ध तुल्याएको छ । हेलिकप्टरमा सवार मन्त्री अधिकारी, प्रधान मन्त्री कार्यालयका सल्लाहकार युवराज दहाल , नेपाल नागरिक उड्ययन प्राधिकरणका उप-महानिर्देशक वीरेन्द्र श्रेष्ठ, यती एयर लाईन्सका अध्यक्ष आङ छिरिङ्ग शेर्पा, नेपाल नगरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिया, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, तथा मन्त्रीका पिएसो अर्जुन कुमार घिमिरेको आत्माको चीर शान्ती एवम परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् । यस दुख:द घडीमा राष्ट्रिय समाजवादी पार्टी, नेपाल भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ ।
यसप्रकारको घटना नदोहोरिनका निम्ती आवश्यक पहल तथा दुर्घटनाको कारण यथाशिघ्र पत्ता लगाई सार्वजनिक गर्न हाम्रो दल नेपाल सरकारलाई आग्रह समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संयोजक
रुद्र जङ पुलामी (पृथ्वी)
राष्ट्रिय समाजवादी पार्टी, नेपाल


















