इमरान खानको निर्णयले मोदीको चुनावी अभियानलाई झड्का

108

बिगत लामो समयदेखि भारतसँग शान्तिका लागि अपिल गर्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी अभियानलाई असर पुग्ने गरी नयाँ प्रभावकारी निर्णय लिएका छन् । प्रधानमन्त्री खानले पाकिस्तानमा पक्राउ परेका भारतीय पाइलट अभिनन्दनलाई भोलि भारत फर्काउने निर्णय सुनाएका छन् । यो सँगैं भारतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानप्रतिको सद्भाव बढाएको छ ।

भारतका तर्फबाट शान्ति वार्ताका लागि कुनै जवाफ नआएको भए पनि शान्तिको लागि पहल स्वरुप आफुले पाइलट फिर्ता गर्न लागेको आजको पाकिस्तानी संसदमा खानले सुनाएका थिए । अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचन प्रचारमा लागेका बेला माेदीलाइ झड्का पुगेकाे छ । भारतमा पाकिस्तानी प्रधानमन्त्रीको सर्मथनमा र मोदीको विरोधमा नाराबाजी शुरू भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here