काठमाडौं / हेलिकप्टर दुर्घटनामा निधन भएका यात्रुहरूका शव काठमाडौँ ल्याउने तयारी गरिएको छ । बिहान मौसम बिग्रँदा शव ल्याउन समस्या भएकोमा अहिले मौसम सुध्रेको सुकेटार विमानस्थलले जनाएको छ।
बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो। एअर क्राफ्ट सफा गरी शव लोड गर्न झन्डै आधा घन्टा लाग्ने र त्यसपछि शव काठमाडौं पठाइने विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टरले जनायो।
केहीबेर अघिसम्म ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिएको थियो। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइने उल्लेख गरेका थिए।


















