संसारकै सबैभन्दा धनी बिरोलो हुने

191

एजेन्सी/चर्चित फेसन डिजाइनर कार्ल लेगरफेल्डको निधनपछि उनकी बिरालो चौपेट १९.५ करोड डलर (२२ अर्ब रुपैयाँ) को मालिक्निी बन्नेछिन् । फ्रान्सको मिडिया रिपोर्टका अनुसार लेगरफेल्डले आफ्नो बिरालोलाई उत्तराधिकारी घोषित गरेका थिए त्यसकारण उनको सम्पत्ति चौपेटले पाउने भएकी छिन् ।

ट्वीटरमा चौपेटको ५० हजार बढी फलोअर्सः

लेगरफिल्डको सम्पत्ति पाएपछि चौपेट संसारको सबैभन्दा धनी बिरालो बन्नेछिन् । अहिले ब्रिटेनकी ब्ल्याक संसारको सबैभन्दा धनी बिरालो हुन् । ब्ल्याकले सन् १९८८ मा आफ्नो मालिकको ९१।५ लाख डलरको सम्पत्ति पाएकी थिइन् ।
चौपट आफ्नो विलासी जीवनशैलीका लागि पनि परिचित छिन् । लेगरफेल्डले चौपेटको रेखदेखको लागि विशेष कर्मचारी नै राखेका थिए । चौपेट सोसल मिडियामा पनि चर्चित छिन् । इन्स्टाग्राममा उनको २।५४ लाख र ट्वीटरमा ५० हजार बढी फलोअर छन् ।

चौपेटसँग ३० लाख डलरको आफ्नै सम्पत्ति पनि छ । उसले आफ्नो मालिकसँग मोडलिङमा यो रकम कमाएकी थिइन् । लेगरफेल्ड आफैंले यो जानकारी दिएका थिए । लेगरफेल्डले सन् २०१५ मा एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई केही भइहाल्यो भने पनि चौपेटको हेरबिचार गर्ने व्यक्तिलाई कुनै समस्या हुनेछैन ।’

लेगरफेल्ड सन् १९८३ देखि फ्रान्सको फेशन कम्पनी शनलका क्रिएटिभ डिरेक्टर थिए । कम्पनीले मंगलबार उनको निधनको जानकारी दिएका थिए । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here