वामदेव गौतमलाई रविन्द्रको क्षेत्रबाट चुनाव उठ्ने आशा राखेको आरोप, आफू विरुद्ध कुप्रचार भएको दाबी

101

नेकपाका वरिष्ठ नेता वामदेव गौतमले रविन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार रविन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा पुगेका गौतमले खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । उनले रविन्द्रको क्षेत्रबाट चुनाव उठ्ने आशा राखेको आरोप लगाइ आफू विरुद्ध कुप्रचार गरिएको जनाए।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै गौतमले भने ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो।’

गौतमले यस्तो निर्णय पार्टीले गरे पनि आफूले स्वीकार नगर्ने प्रष्ट पारेका छन्। उनले मृत्युको शोकमा व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको प्रष्ट पारे।

‘नेपाली राजनीतिक आकाशमा उज्जवल भविष्य सहित उदाएका प्रीय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ। यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कु-प्रचार मात्र हो ।’ उनले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

उनले विज्ञप्तिमा भनेका छन्, ुमृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन र जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रविन्द्रको दुखद् निधनवाट खालि भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन। मेरो सम्पूर्ण प्रयत्न रविन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु।ु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here