नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार माहासंघ बागमती प्रदेशको पूर्ण वैठक १३ बुँदे नुवाकोट घोषणा पत्र जारी गर्दै फागुन २४ गते सम्पन्न भएको छ ।
नुवाकोटको बट्टारमा प्रदेशको पूर्ण वैठक सोमवार र वुधवार बसेको थियो । नेपाल सरकारले युट्युबलाई अनलाईन टिभीको व्याख्या गर्दै ५ लाख शुल्क बुझाएर दर्ता गरि संचालन गर्न राष्ट्रिय प्रशारण ९११ औं संशोधन० नियमावली २०७८ जारी गरेको प्रति फोनिज वागमती प्रदेशले आपत्ति जनाएको छ ।
वैठक मार्फत युट्युब मिडिया नभई माध्यम मात्र भएको स्मरण गराउँदछ उक्त नियमावली फिर्ता गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । यस्तै ऐतिहासिक नुवाकोट दरवार क्षेत्रसहित देविघाट, ककनीस्थित रुम्बा राजाको दरबारलाई संरक्षणगरि पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकार समक्ष माग गरिएको नेपाल आदिवासी जनजाति पत्रकार माहासंघ बागमती प्रदेशका सस्थागत सचिव राजु नापितले जनकारी दिनुभएको छ ।
आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशा अंगालेका पत्रकारलाई पहिचान गरी उनीहरुको बृत्तिविकास र समावेशितालाई कार्यान्वयन गर्न, नुवाकोटमा रहेका आदिवासी जनजातिहरुको कला संस्कृति भाषा र पहिचानलाई संरक्षण गरी प्रचार प्रसारसहित पर्यटन प्रवद्र्धन गर्न, राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा स्थानीयदेखि संघ तहसम्मका ठूला तथा साना लगानीका संचार माध्यमलाई समेत प्रदान गर्न र चिन नाकासंग जोड्ने छोटो राजमार्ग पासाङल्हामु राजमार्गको काठमाडौं– ककनी–विदुर सडकखण्ड तत्काल कालोपत्रे गर्नलाई समेत फोनिज बागमती प्रदेशको पूर्ण वैठकले स्थानीय, प्रदेश र केन्द्रीय सरकार समक्ष माग गरेको छ ।
यस्तै पूर्ण समावेसी सञ्चार व्यवसायिक पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा फोनिज बागमती प्रदेशले निरन्तर खवरदारी गर्ने संस्थागत सचिव राजु नापितले जानकारी गराए ।
नुवाकोट भित्रका पर्यटकीय स्थलहरुको पहिचान र संभाव्यता अध्ययन गरी प्रचार प्रसार गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न, आदिवासी सवाल कला संस्कृति र पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु निरन्तर सहकार्यमा संचालन गर्न, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भित्र संगठित भएका महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि, लेखनवृत्ति र व्यवसायिक पत्रकारिताका विषयमा कार्यक्रमहरु संचालन गर्न समेत वैठकले तीन वटै सरकारको ध्यानाकर्षण गराएका छन् ।


















