युवा साहित्यकार एन.बी. काे ‘अन्जान एकल साँझ’ कार्यक्रम सम्पन्न

37

काठमाडौं ।  युवा साहित्यकार एन.बी.अन्जानको ‘अन्जान एकल साँझ’ गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको मंशिर १ गते शनिबार सम्पन्न भएकाे छ ।

साधनामा निरन्तर रूपमा लागि रहनु भएका अन्जानले काठमाडौंको सर्वनाम थिएटरमा दर्जनौँ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरूको बीचमा एकल गजल साँझ, गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको हो ।

कवि प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सञ्चालन तथा सहजीकरण चर्चित गजलकार बाबु त्रिपाठीले गरेका थिए भने गायनमा राज सागरले अन्जानलाई साथ दिएकाे थियाे ।

लामो समयदेखि लेखन तथा साहित्य क्षेत्रमा क्रियाशील अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको वर्षासमेत भएको थियो । चुपचाप साधनामा रहेर हल्लाभन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशनसमेत गरेका छन् ।

पाँचथरमा जन्मिएका अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल सङ्ग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु (एसिया कै सानो कृति), ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता चर्चित पुस्तकहरू प्रकाशित गरिसकेका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here