नेपाल लाइफ इन्स्योरेन्स ४८ प्रतिशत लाभांश दिने तयारीमा

236

काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४८.५ प्रतिशत लाभांश दिने भएको छ । २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको छ ।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here