नयाँ पत्रिकाको प्रधानसम्पादक र सम्पादकमा नयाँ नियुक्ति

296

 काठमाडौं / नयाँ प्रकाशन प्रा. लिले नयाँ पत्रिका दैनिकको प्रधानसम्पादकमा कृष्णज्वाला देवकोटा र सम्पादकमा उमेश चौहानलाई नियुक्त गरेको छ । नयाँ पत्रिकाको संस्थापक सम्पादक रहेका देवकोटा प्रधानसम्पादकमा नियुक्त भएका छन् ।

नयाँ प्रकाशन प्रालिले नयाँ पत्रिका दैनिकको प्रधानसम्पादकमा कृष्णज्वाला देवकोटा र सम्पादकमा उमेश चौहानलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशकअघि जनधारणा साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका चौहान नयाँ पत्रिका दैनिकमै कार्यकारी सम्पादकको रुपमा कार्यरत थिए । चौहानले त्रिभुवन विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक तथा चीनको बोहाई युनिभर्सिटीबाट मिडिया स्टडिजमा पोस्ट ग्र्याजुएट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here