काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको अधिकारीको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।
शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा अधिकारीको निधन भएको थियो । अहिले बिहान ९ बजेदेखि राखिएको हो । मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ।


















