अमेरिका / अमेरिकामा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको ली काउन्टीमा आएको आँधीमा परेर मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । आँधीले थुप्रै घर तथा भवन भत्काएको छ । भग्नावशेषमा फसेकाहरुको सुरक्षाकर्मीले उद्दार जारी राखेका छन् ।
आँधीमा हावाको गति २ सय २६ किलोमिटर प्रति घण्टा पुग्ने क्षमताको रहेको जनाइएको छ । अलाबामाका गभर्नर के आइभीले आउँदा दिनमा मौसम थप खराब हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।


















