काठमाडौं/महानगरीय प्रहरी प्रभाग काँडाघारीले लागुऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार फागुन २२ गते करिब २०ः४५ बजे काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ फोर्सबसपार्क नजिक चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका ८ बस्ने वर्ष ५० को अबिमन्यु चापागाई, ओखलढुङगा घर भई काडाँघारी बस्ने वर्ष ३४ को पदम बहादुर श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका ७ थापागाँउ बस्ने वर्ष ३८ को दिपक कुमार कार्कीलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले ५०० ग्राम गाँजा सहित सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

















