मित्र राष्ट्र चीनले विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा अर्को नयाँ चमत्कार गरेको छ । इन्जिनियरिङ क्षेत्रमा एक अद्वितीय नमूना पेश गरेको छ, जसलाई देख्न देख्न पाउँदा दुनियाँ नै अच्चम मानेका छन् । एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो नभइ सुतेको छ । चार वटा ६० तले गगनचुम्बी महलमाथि सुताएर चीनले यो विशाल महल तयार गर्न सफल भएको छ । यो परियोजनाको नाम हो र्याफल सिटी चोंगकिंग । चोंगकिंग सहरको योंगझोउ जिल्लामा यो दुनियाँकै लामो तेर्सो महल बनेको छ ।
दुनियाँका सबै भवनहरु ठाडो छन् । तर यो भवन चीनले तेर्सो बनाएको छ । जुन आफैमा आश्चर्यले भरिपूर्ण छ । यो सुतेको भवनको लम्बाई २ सय ५० मिटर रहेको छ । यो भवनमा १४ सयवटा सुविधा सम्पन्न अपार्टमेन्ट रहेका छन् । साथै एउटा लग्जरी होटल र १.६० लाख वर्गमिटरको ठूलो अफिस स्पेस तथा सपिङ सेन्टर पनि रहेको छ । यो भवन पूर्णरुपमा तयार हुने क्रममा रहेको छ ।
यो भवनको डिजाइन चीनको पारम्परिक डुंगा जस्तै रहेको छ । भवनको माथिल्लो भागमा याङ्जे र जियालिंग नदीको दोभानजस्तो संरचना बनाइएको छ । यो भवनको नाम क्रिस्टल नामाकरण गरिएको छ । यो सुतेको गगनचुम्बी भवनको निर्माण चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनीमध्येको एक क्यापिटालेन्डले गरेको हो । यो भवन बनाउन अहिलेसम्म ६ वर्ष लागिसकेको छ भने यसको निर्माणमा ४ खर्ब ३२ अर्ब लागत लाग्ने बताइएको छ । इजरायली आर्किटेक्ट मोशे स्याफदीले यो भवनको डिजाइन गरेका हुन् । उनले सिंगापुरको म्यारिना बे स्याण्डस् तथा जेरुसेलमको याड बासेम होलोकास्ट म्युजियम लगायतको डिजाइन गरेका हुन् ।


















