प्रदेश २ को सरकार हेरफेर गर्ने तयारी

128

 काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकार हेरफेर गर्ने तयारी गरेको छ । हालै बसेको प्रदेशस्तरीय बैठकमा प्रदेश २ को सरकारगतिशील नभएको भन्दै मन्त्री मन्त्री फेर्ने विषय छलफल भएको हो । राजपाको प्रदेश नम्बर १, २, ५ र सुदूरपश्चिममा छुट्टाछुट्टै बैठक बसेको थियो ।

राजपा नेपालले प्रदेश २ मा फोरम नेपालसँग मिलेर सरकार बनाएको छ । सङ्घीय सांसदमा त्यही प्रदेशका नेताले जितेका छन् भने स्थानीय तहमा पनि राजपा नेपालका प्रतिनिधिले जितेका छन् ।

वैशाखमा हुने भनिएको महाधिवेशन तयारीका लागि प्रदेशस्तरीय बैठक बसे पनि मन्त्री फर्ने विषयमाथि छलफल भएको थियो । साथै बैठकमा अध्यक्ष मण्डल भङ्ग गर्नुपर्ने, प्रदेशमाथि विभेद भएको जस्ता प्रसङ्ग पनि उठेको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा १० गतेदेखि १३ गतेसम्म बसेको बैठकमा सांसद, मन्त्री र स्थानीय जनप्रतिनिधिले एकअर्काको आलोचना गरेका थिए । सांसदले मन्त्रीको, राज्यमन्त्रीले मन्त्रीको, नेता तथा कार्यकर्ताले स्थानीय जनप्रतिनिधिको आलोचना गरेका थिए ।

यसरी मन्त्रीहरूको बारेमा बैठकमा जोडतोडका साथ कुरा उठेपछि बैठक मन्त्री हेरफेरको निष्कर्षमा पुगेको छ । यद्यपि फागुन २२ गते बस्ने भनिएको अध्यक्षमण्डलको बैठकले आधिकारिक निर्णय गर्ने बताइएको छ । बैठकमा प्रदेश २ का आठवटै जिल्लाका जिल्ला अध्यक्षमण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, स्थानीय जनप्रतिनिधि, मन्त्री र सांसदको उपस्थिति थियो ।

मन्त्रीहरूले कामै नगरेको गुनासो गर्दै मन्त्री नै फेरबदल गर्नुपर्ने अधिकांश सांसदको गुनासो थियो । प्रदेश नम्बर २ मा चार दिनसम्म बसेको बैठकमा अधिकांश समय नै मन्त्रीको गुनासो गर्नमा बित्यो ।

फोरम नेपालसँग मिलेर राजपा नेपालले सरकार गठन गरेको छ । सो सरकारमा राजपा नेपालबाट जितेन्द्र सोनल, रामनरेश राय यादव र नवलकिशोर साह मन्त्री बनेका छन् । त्यसबाहेक तीनवटै मन्त्रालयका लागि राज्यमन्त्री पनि बनाइएको छ ।

तीनजना मन्त्रीमध्ये रामनरेश राय यादव मन्त्री भए पनि अधिकांश समय मन्त्रालय नै नगएको गुनासो बैठकमा भएको थियो । अस्वस्थताका कारण देखाउँदै मन्त्री यादव मन्त्रालय नगएको बताइन्छ । उनले मन्त्री निवासबाटै मन्त्रालयको कामकाज गर्दै आएका छन् ।

यदि अस्वस्थ्यताका कारण मन्त्री मन्त्रालय जान सक्दैनन् भने पार्टीले किन नयाँ नेतालाई मन्त्री बनाउँदैन भन्दै आलोचना भएको थियो । तुलनात्मक रूपमा जितेन्द्र सोनलले विकासका केही कामहरू गरेको भए पनि उनको पनि आलोचना भएको थियो ।

यसरी मन्त्रीहरूको बारेमा बैठकमा जोडतोडका साथ कुरा उठेपछि बैठक मन्त्री हेरफेरको निष्कर्षमा पुगेको छ । यद्यपि फागुन २२ गते बस्ने भनिएको अध्यक्षमण्डलको बैठकले आधिकारिक निर्णय गर्ने बताइएको छ । बैठकमा प्रदेश २ का आठवटै जिल्लाका जिल्ला अध्यक्षमण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, स्थानीय जनप्रतिनिधि, मन्त्री र सांसदको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here