महेश कठायतका तीन मुक्तक

213

(१)

आज यस्तो पनि दिन आयो सोच्दै नसोचेको !
कालो बाँदल मनमा छायो सोच्दै नसोचेको !
एक्कासि आएर मलाई बिर्सि देउ भनेर गइन् !
उनको मनमा खै के पलायो सोच्दै नसोचेको !

(२)

यो मन पनि खै कहाँ बाँसगरी रहन्छ !
दिलभित्र कस्तो माया खासगरी रहन्छ !
जुन कुरा पाउनलाइ सम्भव हुदैन नि !
हो नाथे मन त्यसैको आसगरी रहन्छ !

(३)

मेरो जीवन अप्ठ्यारो छ सरल छैन भनेको थे !
नाङ्गैखुट्टा नि हिड्नु पर्छ चप्पल छैन भनेकोथे !
सबै कुरा थाहा भयो अनि बाटो मोडिदियो !
मसंग त केवल झुपडी छ महल छैन भनेकोथे !

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here