सेनाद्वारा संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन-२०७६ गरिने

175

काठमाडाैं – नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्वन गर्ने उद्देश्यका साथ नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन- २०७६ को आयोजना गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको संयोजकत्व तथा काठमाडाैं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकासँगको समन्वयमा उक्त निःशुल्क सांगीतिक कार्यक्रम  फाल्गुन ९,  २३ र  २४ गते क्रमशः बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा साँझको ५ बजेदेखि कार्यक्रमको आयोजना हुने भएकाे छ ।

उक्त निःशुल्क सांस्कृतिक कार्यक्रममा ईच्छुक व्यक्तिहरुको उपस्थितीको अपेक्षा सहित कार्यक्रम सम्बन्धी विस्तृत विवरण सहितको सूचना यसैसाथ संलग्न गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।

सांस्कृतिक कार्यक्रमको आयोजनाबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा प्रत्यक्ष थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here