कृषक पौडेललाई ‘प्रदेश रत्न विभुषण’ बाट विभुषित

157

बुटवल- प्रदेश ५ सरकारले कृषक शशी पौडेललाई  ‘प्रदेश रत्न विभुषण’ बाट विभुषित गरेको छ ।

प्रदेश स्थापनको तेस्रो बर्षको अवसरमा बुटवलमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश ५ प्रमुख धर्मनाथ झा, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी,  लगायतका का मन्त्रीहरुले उनलाई विभुषण प्रदान गरेका हुन् ।

कृषि क्षेत्रमा विशेष योगदान पु¥याउदै आएको भन्दै किसान पौडेललाई सम्मान गरिएको हो ।

यस भन्दा पहिला नेपाल सरकारले समेत उनलाई विकास रत्न लगायतका विभिन्न विभुषणबाट विभुषित गरिसकेको छ । यसको साथै कृषक पौडेलले दुई दर्जन भन्दा बढि पुरस्कार तथा सम्मान प्राप्त गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here