बहुचर्चित गीत ‘चट्ट रुमाल’ सार्वजनिक , ‘यात्रा : अ म्युजिकल ब्लग’मा समावेश

205

पुरानो फिल्म ‘आफ्नो मान्छे’ मा समावेश स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि–एरेन्ज गरेर फिल्म ‘यात्रा : अ म्युजिकल ब्लग’मा राखिएको छ । गीतमा राइजिङ स्टार सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यू गर्ल मलिका महत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत फिचर्ड छन् ।

आउँदो चैत २९ मा रिलिज हुने फिल्ममा समावेश गीतको कोरियोग्राफी उत्कृष्ट बनाइएको छ । सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि– एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् ।

गीत केही समय अगाडी नै छायांकन गरिएको भएता पनि निर्माण पक्षले यसबारे केहि जानकारी गराएको थिएन । फिल्ममा सुहाउँदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनी फिल्म यात्राका निर्मातामध्येका एक हुन् भने ‘आफ्नो मान्छे पनि उनले नै निर्माण गरेका थिए । गीतमा कलाकारहरु रेगुलर भन्दा केही फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिनलगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने फिल्मका अभिनेता सलिनको विश्वास छ ।

फिल्ममा उनी ब्लगरको भूमिकामा छन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यस क्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भई काम गरेको फिल्महरु के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए ।

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्दलामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश विसुराल, इश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगातशर्मा लगायतको अभिनय रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here