‘विप्लव नेकपालाई सानो झिल्को नठान्‍नु, नत्र देशमा डढेलो लाग्ला’ : सांसद अनिता देवकोटा

261

काठमाडौं / सांसदहरुले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई सचेत गराएकी छन्।

‘भूमिगत अवस्थामा विद्रोह गरिरहेको विप्लवलाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छ’, उनले भनिन्, ‘विद्रोहमा रहेको नेकपा विप्लवलाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस् र समाधान गरियोस्।’

सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरु र विप्लव समूह कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गरिन्।

‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव समूह सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’, उनले भनिन्, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो। एनसेलका टावर जलिरहेका छन्, यसले राम्रो संकेत गर्दैन।’

सांसद देवकोटाले विप्लव समूहलाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्वन्द्व चकिर्नेतर्फ सरकारलाई सचेत गराइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here