अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्वाथ्य शिवर सम्पन्न

252

मनिश कुमार श्रेष्ठ

काठमाडौं  /  स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेसि.आई. काठमाडौं जिल्ला लेदिको आयोजनामा का. म. पा. २२ वडा स्थित तेबहालमा अन्तरास्ट्रिय महिला दिवसको अवसरमा संचालन स्तन, पाठेघर जनचेतना तथा स्वास्थ शिविर कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

‘मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो’ भन्ने आस्थालाई हृदयगम गर्दै स्थापना काल देखि नै जेसि.आई. काठमाडौं लेदि नेपालले समाजिक आर्थिक तथा समय सापेक्ष नेतृत्व बिकासको साथ साथै बिबिध छेत्रमा सफलता पुर्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पाल्नु भएका उपप्रधान स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘नेपालमा महिला दिवस मनाएता पनि देशको विकट गाउँघरका महिलाहरुमा खासै परिर्वतन आउन सकेको छैन । विभिन्न धर्म परम्पराको नाममा संवैधानिक व्यवस्था र कानुनका नाम महिला माथि आझै विभेद कायम भइरहेको बताउनु भयो । उहाँले भने, ‘नेपाल जेसिस जेसि.आई. नेपाल लेदि समुहले महिलामाथि भइरहेको बिभेद विरुद्ध सक्रिय रुपमा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो ।’ उक्त कार्यक्रमका सभापति तथा जेसि.आई.आइ काठमाडौं लेदि संयोजक अर्चना श्रेष्ठ मुनाकर्मिले कार्यक्रममा स्वास्थ परिक्षनको लागि २२ जनाले स्वयम् सेवा गरेको तथा प्रत्येक व्यक्ति १५० रकममा मात्र स्वास्थ परिक्षण गरेको जानकारी दिनु भयो । कार्यक्रममा क.म.पा. २२ वडा तथा प्राईम बैंकको पनि सहयोग रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here