जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

260

काठमाडौं  / काठमाडौं महानगरपालिका ३२ नरेफाँट बस्ने ३९ वर्षीय नवराज थपलिया घरमा डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएकी ३४ वर्षीया शोभा खड्काको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा घरधनी थपलिया समेत ८ जनालाई ३ बुक तास र नगद ९८ हजार ६ सय रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका ६ महाकाँल बस्ने ४० वर्षीया जितु पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका९६ महाँकाल बस्ने ५२ वर्षीया छिरिङ लामा समेत ८ जनालाई ८ बुक तास र नगद १ लाख ९६ हजार १ सय ५० रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here