काठमाडौं / ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयरद्वारा संचालित) बीच सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने उल्लेख गरिएको छ । बैंकले रेडियन्ट लाईफ केयरसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता भएको छ । सम्भौतापत्रमा रेडियन्ट लाईफ केयरका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाबीच हस्ताक्षर गरेको थियो । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ । सम्झौता पश्चात भारतको नयाँ दिल्लीमा बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने भएको छ ।


















