प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई केन्द्रित गरी
राजदूत दीपकुमार उपाध्यायसँग
गरिएको
संवाद

प्रधानमन्त्रीको भारत भ्रमण कस्तो रहन्छ ?
राम्रो रहन्छ । हामी सबै मिलेर सफल बनाउनु पर्छ । शेरबहादुर देउवा खारिएको राजनेता हुनुहुन्छ । अनुभवी नेता हो । तपाईंलाई अनुरोध गर्छु एक हातले ताली बज्दैन । यसको तात्पर्य के हो भने भारत र नेपालको बीचमा भएका सम्झौताहरू पूरा गर्नको लागि इच्छाशक्ति पाएको छु । दुवै देश र जनताको हित हुने खालका कार्य गर्नु नै आजको आवश्यकता हो । अलमलमा पर्ने होइन । जनतालाई भ्रममा नराख्ने र नयाँ सम्झौता गर्दाखेरि देशको हितलाई सम्झिनु पर्छ ।

यो भ्रमणमा कुन–कुन कुरामा हस्ताक्षर हुन्छ ?
अहिले पनि गृहकार्य भइरहेको छ । हाम्रो देशमा बाढीले ठूलो असर पारेको छ । त्यस्तै भारतको बिहार राज्यमा पनि त्यस्तै असर परेको छ । यसको बारेमा पनि गहन भएर दुवै देशका नेताले गृहकार्य गर्नुपर्ने हुन्छ । भारतको नेतृत्व पनि यसका बारेमा सकारात्मक छ ।

प्रधानमन्त्री देउवाले सीमा बाँधको बारेमा कुरा राख्न सक्नु होला ?
किन नसक्ने सक्नु प¥यो नि । नेपालका सबै प्रधानमन्त्रीले राख्नु भएको छ । राजकीय भम्रणले सम्बन्ध सुधार र नयाँ योजनाहमा सम्झौता हुन्छ । पावर विकासको लागि पनि छलफल हुन्छ । ऊर्जाको बारेमा भएका सम्झौता कार्यान्वयन हुन्छ ।

यस पटकको भ्रमणमा ऊर्जाको विषयमा सम्झौता हुँदैछ ?
होइन, नयाँ होइन पुराना जति पनि सम्झौता छन् । ती सम्झौतालाई कार्यन्वयन गर्ने हो । उच्च तहमा नेपालको डुबान र भारतको डुबानका बारेमा छलफल हुन्छ । त्यो इच्छाशक्ति देखेको छु ।

कांग्रेसमाथि भारतसँग कोशी, टनकपुरलगायत राष्ट्रलाई अहित हुने काम गरेको आरोप छ, यसपाली देउवाले के गर्नु होला ?
राष्ट्रको हितविपरीत कुनै पनि काम हुँदैन । पानीको प्रबन्ध व्यवस्थित गर्नुपर्छ । भारतले पनि मेरो गोरुको बाह्रैटक्का भन्नु हुँदैन । नेपालले पनि अल्झिनु हुँदैन । हाम्रो पानीमा डलर बगेको छ । त्यो सदुपयोग हुन सकेको छैन । समस्याहरू सच्याउने । दुई देशको बीचमा आपसी समझदारी र सहमतिमै अघि बढ्नुपर्छ ।

अरुण तेस्रो, अपर कर्णाली, पञ्चेश्वर आयोजनामा भारत लगानी गर्न तयार छ, भनिन्छ के हो ?
भारत ऊर्जामा लगानी गर्न तयार छ । अरुण तेस्रोको निर्माण भारतीय सरकारी कम्पनीले जिम्मा लिएको छ । त्यो काम तत्काल अघि बढ्छ । हाम्रो तर्फबाट जंगल जग्गा लगायतका विषयहरूको बारेमा छिनोफानो गर्नुपर्छ । त्यस्तै, पञ्चेश्वरको बारेमा केही विवाद देखिएका छन् । उच्च तहको राजनीतिक छलफलले यसका बारेमा गहिरो छलफल हुनुपर्छ । धेरै समय भइसकेको छ । दुवै देशका जनताको हितमा यसका बारेमा छलफल हुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी सम्झौताको बारेमा कुरा राख्नुहोला भन्नु भएको छ प्रधानमन्त्रीले के गर्नुहोला ?
नेपाल सरकारले यसका बारेमा छलफल गरेको छ । डुबानका समस्याहरूको बारेमा पनि कुरा राखेकै छ । यस्ता समस्याहरू उठाउने हो र सबैभन्दा महत्वपूर्ण काम भनेको सम्झौताहरूलाई मुलुकको हितमा कार्यन्वयन गर्ने हो ।

कोशीले नेपालमा ठूलो असर पारेको छ, त्यसको बारेमा कुरा नराख्ने ?
राख्ने किन नराख्ने नि ? पानीको सतहले आकार नाघेको खण्डमा अनुमान गरिएको भन्दा फरक रिजल्ट आउछ । सम्झौता गरेका जतिपनि कुरा छन्, ती कुरालाई सडकमा होइन । टेबुलमा आएर कूटनीतिक तहमार्फत समाधान खोज्नुपर्छ । उच्च स्तरको भेटघाटमा यस्ता समस्याहरू विस्तारै समाधान हुन्छन् ।

अहिलेसम्म भारतले नेपालको लागि घोषणा गरेको राहत रकम दिएको छ त ?
सुरुमा घोषणा गर्ने । त्यसपछि कुनकुन ीशर्षकमा भन्ने ? यसैगरी प्रक्रिया लम्बाउने खालका काम भारतको तर्फबाट भएका छन् । यसका बारेमा पनि उच्च तहमा छलफल हुनुपर्छ । त्यसपछि विकासको गति सुरु हुन्छन् । तत्काल रिजल्ट आउने खालका काम गर्नुपर्छ ।

भारत भ्रमणमा प्रधानमन्त्रीको लागि व्याप्त तयारी छ या केही कन्जुस्याइँ देखिएला ?
पहिलेदेखि अहिलेसम्म भम्रणको बारेमा भारतले कन्जुस्याइँ गरेको छैन । यसपालि पनि गर्दैन । सबै प्रधानमन्त्रीलाई स्वागत गरेको छ । भ्रमण सफल भएको छ । सम्झौता कार्यान्वयन गर्नमा केही कम्जोरी हुन्छ ।

जति पनि प्रधानमन्त्री भारत भ्रमणमा आउँदा खुलस्त रूपमा आफ्ना कुरा राख्नु सक्नु भएको छ ?
राख्नु हुन्छ । राष्ट्रको हितमा काम गर्नुहुन्छ । सम्झौताहरू कार्यान्वयनमा केही खट्किएको अनुभूति हुन्छ ।

काठमाडौंमा नेपालको राजनीतिमा भारतको प्रत्यक्ष संलग्नता रहन्छ भनिन्छ नि ?
त्यो गलत हो । भारतमा आफ्नै समस्या समाधान गर्न फुर्सद छैन । हामी सार्वभौमसत्ता सम्पन्न मुलुकका नागरिक हौँ । यस्ता गैरजिम्मेवार कुरा गर्नु हँुदैन । राजनीतिको बारेमा केही अर्थ राखेता पनि भारत नेपालको विकास चाहन्छ । समृद्धि चाहन्छ । नेपालमा कुनै समस्या अल्झिराख्नु भनेको भारतको लागि पनि फाइदा होइन । भारतमा स्थापित संयन्त्र छ । हामी यसको लेबलमा पुग्न अझै लाग्छ । नेपालको भलाइ गर्नका लागि शान्त कूटनीतिक तवरबाट नेपालको भलाइको लागि काम गर्नुपर्छ ।

प्रधानमन्त्रीको भ्रमण तालिका केके छ नि ?
प्रधानमन्त्री निकै व्यस्त हुनुहुन्छ तर पनि हामीले भारतका प्रायः राजनीतिक दलका नेताहरूलाई भेट्ने समय निकालेका छौँ । सरकारले मात्रै गरेर हुँदैन । निजी क्षेत्रको विश्वास गरेर भ्रमणलाई सार्थक बनाउनु पर्छ । केही मन्दिरहरूको पनि भ्रमण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here