देउवाले गरे बाचा

111

नयाँदिल्ली/ प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिनुभएको छ । उहाँले दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको मोदीलाई जानकारी गराउनु भएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो । यो भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत उपस्थित थिए ।

 

द्विपक्षीय वार्तापछि देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको थियो । उक्त सम्मेलनमा नेपाल र भारतबीच ८ साझेदारी पत्रमा हस्ताक्षर भएको समेत जनाइएको छ ।

 
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्न देउवालाई सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here