बिमल गौतम
शान्तिनगर / शान्तिनगर गाउँपालिकामा मगंलवार देखि ३ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । रिपोर्टस क्लव नेपाल दाङ शाखाकोे आयोजना तथा शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो ।
रिपोर्टस क्लव नेपाल दाङ शाखाका अध्यक्ष सरद रेग्मीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमाङसिङ् डागीँको प्रमुख आतिथ्यता एवंम उपाध्यक्ष मिथिला शाह र गाउपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निमबहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
तालिम उदघाटन गर्दै प्रमुख अतिथि डागिले सञ्चार जगतले महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रविधिको विकाससगैँ जिल्लाको पत्रकारितालाई गुणस्तरिय बनाउदै लैजानुपर्ने जनाउनुभयो । उहाँले आफनो गाउँ पालिकामा भएका बिकास निमार्ण लगाएतका बिषयहरुलाई संचारमाध्यममा ल्याउनका लागी उदघोषन तथा पत्रकारिता तालिमको आयोजना गरिएको बताउनु भयो । डागिले आफनो गाउँ पालिकामा केहि समय अगाडि भएको झाडा पखालाको प्रकोप नियण्त्रणका लागी संचार जगतले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । संचारले मात्रै गाउँपालिकालाई देश तथा बिदेश संग जोड सक्ने भन्दै तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले ३ दिने तालिम लिएका तथा अन्यहरुलाई समेत प्रत्येक वर्ष थप पत्रकारिता तालिमको आयोजना गर्दै जाने जनाउनुभयो ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथि द्धय उपाध्यक्ष शाह र कार्यकारि अधिकृत केसीले पत्रकारिता तालिम लिएर त्यसलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँहरुले जनतालाई सुसुचित गर्ने काम पत्रकारहरुको भएको भन्दै सत्य र साचो सुचना प्रवाह गर्नका सवैमा आग्रह गर्नु भयो । सो अवसरमा बोल्दै आयोजक रिपोटर्स क्लवका अध्यक्ष रेग्मीले आफुहरु गाउँ गाउँमा दक्ष पत्रकार उत्पादन गर्नका लागि लागि परेको जनाउनु भयो । रेग्मीले तालिम सिकेर पत्रकारिता क्षेत्रमा लाग्न चाहनेहरुलाई समेत आफुहरुले जिल्लाका बिभिन्न संचार माध्यमहरुमा अवसर दिने जनाउनु भयो । सो अवसरमा शान्तिनगर गाउँ पालिका वडा नम्वर ७ का अध्यक्ष पिम लाल वलि , पत्रकार दुर्गालाल केसि , नारायणि रजौरे लगायतकाले बोल्नु भएको थियो ।
उक्त तालिम ३ दिन सम्म चल्ने छ । साथै तालिमको पहिलो दिन मगंलवार पत्रकार दुर्गालाल केसीले प्रशिक्षण दिनुभएको थियो शान्तिनगर गाउपालिका वडा नं ७ का अध्यक्ष पिमलाल वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिपोर्टस क्लव दाङका महासचिव बिमल गौतमले गर्नुभएको थियो ।


















