आज संसद अवरुद्ध गर्ने राजपाको निर्णय !

93

काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । दिउँसो १२ बजे बस्ने बैठक अवरुद्ध गर्न लागेको हो ।

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पार्न लागिको राजपा नेता अनिल झाले जानकारी दिए ।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।

तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सरकारसँग माग राख्दै आएको छ ।अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

साथै, हाल जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपाले यसअघि नै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here