सीके राउतविरुद्ध राजधानीमा प्रदर्शन

152

काठमाडौं / मातृभूमि संरक्षण नेपालले मंगलबार सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।

सरकारले देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सहमति गर्दै हिँडेको भन्दै उनीहरु आक्रोशित भएर प्रदर्शनमा उत्रिएका थिए । हनुमानढोकाबाट निकालिएको र्‍याली नयाँसडक, भद्रकाली हुँदै माइतीघर मन्डलामा पुगेर टुंगिएको थियो ।

प्रदर्शनकारीहरुले राउतसँगको सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here