बार्सिलोना च्याम्पियन्स बार्सिलोना लिगको क्वाटरफाइनलमा

105

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो र दोस्रो लेग गरी समग्रमा ५–१ गोलकै जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा बार्सिलोना र लियोनले गोलरहित बराबरी भएको थियो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए । त्यस्तै, फिलिपे कौटिन्हो, जिरार्ड पिके र औसमाने डेम्बेले एक–एक गोल गरेका थिए । यता, लियोनका लागि लुकास टौस्टार्टले एक गोल फर्काए थिए । कप्तान मेस्सीले खेलको १७औं मिनेटमा नै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३१ औं मिनेटमा बार्सिलोनाका फिलिपेले गोल गरेका थिए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दा लियोनले एक गोल फर्काउन सफल भएको थियो । ५८ औं मिनेटमा लुकासले गोल गर्दै लियोनलाई २–१ गोलको अवस्थामा ल्याए । तर बार्सिलोनाले ७८ औं मिनेटमा गोल गर्न सफल भयो । यो पटक पनि कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, ८१औं मिनेटमा पिके र ८६औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलले जिताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here