लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

77

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति च्याम्पियन्स लिगको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा दुई टिमले गोलरहित बराबरी खेलेका थिए । लिभरपुलको जीतका लागि साडियो मानेले दुई गोल गरेका थिए । त्यस्तै, भर्जिल भान डेजकले गोल गरे । लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि बायर्न म्युनिखले एक गोल उपाहार स्वरुप पाएको थियो । खेलको २६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसैगरी ३९ औं मिनेटमा लिभरपुलका माटिपले आत्मघाती गोल गर्न पुगेपछि बायर्नले १–१ गोलको बराबरी बनाएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लिभरपुलका डेजकले ६९ औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता दिलाए । त्यस्तै, ८४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here