काठमाडौं / यहि आउँदो चैत्र २३ गते काठमाडौंमा मातृभूमि कप क्रिकेट हुने भएको छ । चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले खेल आयोजना गरिएको हो ।
आयोजक धुर्मुस–सुन्तली फाउन्डेशनका अनुसार नेपाल एको कप्तानी पारस खड्काले गर्नेछन् । राष्ट्रिय टिमका कप्तान समेत रहेका पारसको टिममा शरद भेषावकर, अनिलकुमार साह, सोमपाल कामी, ललित नारायण राजवंशी, सन्दीप जोरा, सुनिल धमला, रोहितकुमार पौडेल, कमल सिंह ऐरी आरिफ शेख र भुवन कार्की खेल्ने भएका छन् । त्यसैगरि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल बीमा विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिपनाथ र प्रदिप एरी छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुने खेललाई अझ रोचक बनाउनका लागि यो खेल अघ कलाकारहरुको क्रिकेट म्याच पनि हुनेछ । कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् । रंशशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यले मैत्रिपूर्ण खेल आयोजना गरिएको फाउनडेशनकी संस्थापक कुुञ्जना घिमिरे ‘सुन्तली’ले जानकारी दिइन् । उनका अनुसार खेल हेर्न ३ सय र १ हजार दरको टिकट व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, कलाकारद्धय श्रेष्ठ र आचार्यलेले निर्माणाधिन अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपील गरेको छ । करिब ३ अर्ब लागत अनुमान गरिएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेशनले जनाएको छ ।


















