लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक

118

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता हुने लगानी सम्मेलनलाई सफल तुल्याउन सरकारी र निजी क्षेत्रबीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् । उद्योग, वाणिज्य प्रवद्र्धन संवाद परिषद्को शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनले सम्मेलनलाई सफल तुल्याउन सरकारी प्रयासको अतिरिक्त निजी क्षेत्रको पनि प्रभावकारी योगदानका आवश्यक रहेको बताए ।

उनले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन्। केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताउँदै प्रधानमन्त्री ओलीले चन्दा सङ्कलन र लुटपाट गर्नेजस्ता गतिविधि नियन्त्रण गर्न कानूनअनुसार अघि बढने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here