ग्लोबल आइएमई बैंकको शाखा अत्तरियामा

114

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरिया स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक समुद्घाटन गर्नुभयो ।

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै माननीय भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको जनाउनुभयो ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको जनाउनुभयो।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here